खोला हामीले पुरेको होइन, पुरानो संरचना फर्काउन सहयोग गर्छुः राणा

शुक्रबार, भाद्र ३१, २०७९

काठमाडौं – राजधानीको हात्तीसारस्थित जय नेपाल हलका मालिक उज्वल राणाले टुकुचा खोला आफूहरुले नपुरेको बताएका छन् । आफू जन्मनु अगाडिदेखिनै हात्तीसारमा टुकुचा खोला नरहेको उनको दाबी छ । ‘म जन्मनु अगाडि देखिनै यो स्थान अहिले जस्तै थियो । खोला थिएन’, रातोपाटीसँग कुराकानी गर्दै उनले भने ।

बिहीबार काठमाडौं महानगरपालिकाले हल परिसरमा उत्खनन् गरेर टुकुचा फेला पारेको थियो । करिब १५ फिट तलसम्म उत्खनन गर्दा टुकुचा खोला बगेको भेटिएको थियो ।त्यसरी उत्खनन् गर्दा हलमुनि टुकुचा खोला भेटिएपनि उक्त खोला आफूले नपुरेको राणाले दोहोर्याए । ‘हल मेरो हजुरबुबाले महेन्द्र सरकारको पालामा बनाएको हो । मैले देखेदेखिनै यो स्थानमा हल यस्तै थियो र खोला थिएन’ राणाले भने ।

क्युएफएक्सले पार्किङ बनाउँदा पनि भेटिएको थियो खोला

सो हल हाल क्युएफएक्सले भाडामा लिएर चलाउँदै आएको छ । क्युएफएक्सले भाडामा लिएपछि अन्डरग्राउन्ड पार्किङ बनाउन लाग्दा पनि खोला भेटिएको उनको भनाइ छ । महानगरले हलमुनिको खोला आफ्नै सहयोगमा उत्खनन गरेको राणाको दाबी छ । ‘क्युएफएक्सले खोतल्दा भेटिएकाले खोला मैले मार्क गरेको राखेको थिएँ’, राणाले भने ‘मैले नै यहाँ खोतल्दा भेटिन्छ भनेर देखाएको हो ।’

पुरानो संरचना फर्किन्छ भने सहयोग गर्छु
राणाले पुरानो संरचना फर्किन्छ भने आफू महानगरपालिका र सरकारलाई सहयोग गर्न तयार रहेको पनि बताए । राणाले भने, ‘पुरानो संरचना फर्किन्छ भने मेरो जग्गा गएपनि आपत्ति छैन ।’ यस्तै पुरानो संरचना फर्काउँदा फिल्म हल बन्द नहुने राणाले सुनाए । अहिले खोलो उत्खनन् गर्दा आफ्नो ६–७ आना जग्गा भने जाने उनको भनाइ छ । ‘अहिले मानिसहरु खोलो निकाल्दा हल भत्किन्छ भनेर उफ्रिरहेका छन् । त्यो होइन, पार्किङ मात्र जान्छ’, उनले भने ।

खोलाको विषयमा क्युएफएक्सका सञ्चालक नक्किम उदिनले पनि राणाकै कुरा दोहोर्याए । ‘जय नेपाल हलमा एक पटक ढल जाम भयो । ढल पनि मिलाउनु पर्यो । पार्किङ पनि बनाउनु पर्यो भनेर हामीले खनेका थियौँ,’ उदिनले भने ‘त्यो समय खोला भएको ठाउँ मार्क गरेर हामीले पुरेका थियौँ ।’ १९४२ मा टुकुचा पुरिएको आफूले सुनेको उदिनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं