Lite Nepal

मंगलबार, साउन २७, २०७७

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मुख्यमन्त्री शेरधन राईले नियन्त्रणका लागि सरोकारवाला पक्षहरुसँग छलफल गरेका छन् ।

मंगलबार भर्चुअल बैठक राखेर मुख्यमन्त्री राईले प्रदेशभरका जनप्रतिनिधी, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रका विज्ञ र उद्योगी सँग छलफल गरेका हुन् ।

प्रदेशका सबै मन्त्रीहरुको समेत सहभागीता रहेको सो बैठकमा सरोकारवालाहरुले दिएको सुझावका आधारमा सरकारले कोरोना भाइरस नियन्त्रणका लागि थप रणानिति तयार पार्ने मुख्यमन्त्री राईले बताए ।

बैठकमा सहभागीहरुले प्रदेशका मुख्य सहर र मास बाक्लो हुने क्षेत्रमा मात्रै बढी कोरोनाको असर बढी देखिएकाले आवश्यकता, समन्वय र ठाउँ अनुसार मात्र लकडाउन गर्नुपर्ने सुझाव मुख्यमन्त्रीलाई दिएका थिए ,

मुख्यमन्त्री राईले तीनै तहबीच आवश्यक समन्वय हुनु पर्ने बताए । ‘तीनै तहबीच आवश्यक समन्वय हुनुपर्छ,’ मुख्यमन्त्री राईले भने ‘समन्वय भए कोभिड महामारी नियन्त्रणको काममा सहज हुन्छ, सबैले समन्वयमा काम गरौँ ।

सबैभन्दा बढी संक्रमण फैलिएको झापा, मोरङ, सुनसरी, उदयपुरका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

छलफलमा उद्योगी व्यवसायीहरुले नीजि अस्पताल र होटलहरुलाई पनि आइसोलेशन बनाउन सुझाव दिएका थिए । उनिहरुले पनि लकडाउन गर्दा समन्वय गरेर मात्र गर्नुपर्ने नत्र लकडाउनको कुनै अर्थ नरहने बताएका छन् ।

इता स्वास्थ्य क्षेत्रका विज्ञहरुले अस्पतालहरुबीच समन्वय गर्नुपर्ने बताए । दिर्घरोगीहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने र यसमा सबै तहले साथ दिनुपर्ने बताए । बैठकमा स्वास्थ्य क्षेत्रबाट डा. सञ्जीव शर्मा, डा. सूर्य पराजुली, पंकज खतिवडा, डा. मोहन, डा. शंकर अधिकारीको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं