Lite Nepal

बिहिबार, साउन २९, २०७७

कानो,(एजेन्सी) । नाइजेरियाली शहर कानो स्थि एक इस्लामिक अदालतले १२ वर्षिया बालिकामाथि वलात्कार गरेको अभियोगमा एकजना वृद्धलाई मृत्युदण्ड सुनाएको छ । कानो राज्यका न्यायालयका प्रवक्ताले उच्च सरिया अदालतले एकजना ६१ वर्षिय नम नखुलाइएका पुरुषलाई सन् २०१९ मा विकट फार्सा गाउँ नजिक एउटा रुख मुनि ति बालिकामाथि वलातकार गरेको घटनामा दोषि ठहराइएको वीवीसीलाई बताएका छन् ।

ति विविहित वलात्कारीलाई इस्लामिक कानुन अनुसार ढुँगाले हिर्काएर मारिनेछ । उनले आगामी तीस दिन भित्र यस निर्णय विरुद्ध अपिल गर्न पाउनेछन् । कानो शहरमा एक साता भित्र सुनाइएको यो दोश्रो मृत्युदण्ड हो ।

गत सोमवार एकजना स्थानिय गायकलाई आफ्नो गीत मार्फत पेगम्वर मोहमदको अपमन गेको अभियोगमा फाँसीको संजाय सुनाइएको हो । उत्तरी नाइजेरियाका करिव एका दर्जन राज्य मध्ये एक कानोेमा विगत दशकयता सरिया कानुनी प्रणाली कार्यान्वयनमा रहको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं