Lite Nepal

मंगलबार, माघ ०८, २०८१

काठमाडौं । धरान उप–महानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर धरानमा खानेपानी समस्याको विषयमा जानकारी गराएका छन् ।

रित्तो गाग्रो बोकेर काठमाडौं पुगेका मेयर साम्पाङ धरानवासीको खानेपानी समस्या समाधानको माग राख्न मंगलबार मन्त्रालय पुगेका थिए ।

भेटमा खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उप–महानगरपालिकाले लिने र बाँकी काम संघीय सरकारले गर्ने विषयमा कुराकानी भएको मन्त्री यादवले जानकारी दिएका छन् ।

‘मैले आदिवासीप्रति सधैँ सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेन्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको छु,’ मन्त्री यादवले भने ।

खानेपानी व्यवस्थापनका लागि टेन्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता पनि मन्त्री यादवले व्यक्त गरेका छन् ।

यसै क्रममा मन्त्री यादवले नगरप्रमुख हर्कराज राईलाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुशी साथ धरान फर्कन पनि आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं