Lite Nepal

बुधबार, माघ ०९, २०८१

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले विधान महाधिवेशनको मिति तय गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको पार्टी सचिवालय बैठकले आगामी भदौ २० गतेदेखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा गर्ने निर्णय भएको पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेले पार्टीको दशौँ महाधिवेशनअघि पनि विधान महाधिवेशन गरेको थियो ।

यस्ता छन् ४४औं सचिवालय बैठकका निर्णयहरुः
१) माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने । अभियानमा सम्पूर्ण पार्टी पङ्क्तिको परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने ।

२) अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने ।

३) पार्टीको विधान महाधिवेशन २०८२ साल भाद्र २०-२२ मा ललितपुरको गोदावरी सनराज हलमा आयोजना गर्ने ।

४) बामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं