Lite Nepal

बुधबार, माघ ०९, २०८१

काठमाडौं । सांसद योगेश भट्टराईले मूल्य बढ्नुमा संयोग नभएर नियत खराब भएको हुनसक्ने बताएका छन् । उनले बुधवार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सो कुरा बताएका हुन् ।

‘निर्माणको सिजनमा मूल्य वृद्धि गरिएको छ । तीन महिनाअघिको तुलनामा ५० देखि ७५ प्रतिशत मूल्य वृद्धि भएको छ, सांसद भट्टराईले भने, ‘मूल्य बढ्नु संयोग मात्र नभएर नियत खराब छ कि कतै ?’

साथै उनले उद्योगीहरूलाई लागतअनुसार उचित मूल्य लिन आग्रह गरे । भट्टराईले उद्योगीहरूले कालोबजारी गरी कार्टेलिङ गर्न नहुने समेत बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं