Lite Nepal

बुधबार, माघ ०९, २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले ताप्लेजुङकी सुमन्ता लिम्बूसहित ३ जनालाई पक्राउ गरेको छ ।

३० वर्षीया सुमन्ता ताप्लेजुङको सिदिङवा गाउँपालिका–५ कि हुन् । यस्तै अन्य पक्राउ पर्नेहरूमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७ का ५० वर्षीय समुन्द्र अधिकारी र चितवनको राप्ती नगरपालिका–१२ का ४२ वर्षीय राजमान तामाङ छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अधिकारीले माल्दिभ्स पठाउने भन्दै ८ लाख, तामाङले युएई पठाउने भन्दै २ लाख र लिम्बुले क्रोएसिया पठाउने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेकाहरूलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं