Lite Nepal

बिहिबार, माघ १७, २०८१

ताप्लेजुङ । ताप्लेजुङका राजनीतिक दल जिल्लामा लगानी मैत्री वातावरण बनाउनु पर्ने पक्षमा एकमत देखिएका छन् ।

पाथीभरामा केबलकार निर्माण सुरु भएसँगै उत्पन्न परिस्थिति पछि विहीबार संयुक्त विज्ञप्ति प्रकाशन गर्दै जिल्लाका ६ राजनीतिक दलहरूले समस्याको समाधान वार्ताबाट गर्नुपर्ने र असहज परिस्थिति अन्त्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘हालको असहज स्थितिलाई सहजतामा ल्याउन आन्दोलनरत पक्ष, राज्य र पाथीभरा दर्शन केबलकार निर्माण कम्पनी बीच वार्ता, संवाद गरी यथाशीघ्र निर्णय गर्न आग्रह गर्दछौँ । र, ताप्लेजुङ जिल्लामा लगानी मैत्री वातावरण निर्माण गर्न सबैमा आह्वान गर्दछौँ ।’

उक्त विज्ञप्तिमा कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ, माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री, राश्वपाका जिल्ला उपसभापति दावा शेर्पा, नेकपा एसका जिल्ला सचिव मोहन न्यौपाने र नेकपाका लिम्बूवान प्रदेश कमिटी सदस्य अभिषेक सीले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं