Lite Nepal

शनिबार, माघ १९, २०८१

ताप्लेजुङ । पाथीभरामा केबलकार निर्माण सुरु भएपछि विरोधमा पहिचानवादी समूहले गरेको बन्दको कारण जनजीवन असहज बनेको भन्दै नेकपा एमाले ताप्लेजुङले वार्ता र संवादकाे माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै एमालेले पाथीभरा क्षेत्रमा गत माघ १२ गते भएको घटना पछि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा जारी यातायात बन्दले नागरिकलाई समस्या परेको भन्दै उत्पन्न समस्या वार्ताको माध्यमबाट समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको हो ।

एमालेले नागरिकको स्वतन्त्रतापूर्वक जीवन निर्वाह गर्न पाउने अधिकारको सुनिश्चितताका लागि सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

कार्यवाहक अध्यक्ष समेत रहेका पार्टीका जिल्ला उपाध्यक्ष दीपेन्द्र (दीपेन) पोमूद्धारा जारी विज्ञप्तिमा स्थानीय स्तरमा उठेका सवाल र सरोकारका बिषयलाई समेत ध्यानमा राखेर नेपाल सरकार र आन्दोलनरत दुबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं