Lite Nepal

आइतबार, आषाढ १४, २०७७

काठमाडौं । नेपालमा कोभिड– १९ का बारेको अध्ययनमा विभिन्न सङ्घसंस्थाले इच्छुक देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले ११५ सङ्घसंस्थाले कोभिड– १९ को अनुसन्धानका लागि इच्छा देखाएका बताए ।

उनले ती सङ्घसंस्थाले प्रस्ताव हेरेर केहीलाई अनुमति दिइसकेको र केहीलाई बाँकी नै रहेको बताए । उनका अनुसार अहिलेसम्म ८७ सङ्घसंस्थालाई कोभिड– १९ को अध्ययन अनुसन्धान गर्न अनुमति दिइएको छ ।

नेपालमा पहिलो पटक गत माघ ९ गते कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । अहिलेसम्म १२ हजार ७७२ जनामा सङ्क्रमण देखिएको छ । यस्तै तीन हजार १३ जना कोभिड– १९ मुक्त भएका छन् भने २८ जनाको कोभिड– १९ का कारणले निधन भएको छ ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेगनाथ धिमालले कोभिड– १९ को जीन, स्टिमा, क्लिनिकल, किट, बिरामीको लक्षणलगायत विषयमा अध्ययनका लागि अनुमति माग गरिएको बताए ।

उनले विश्वस्वास्थ्य सङ्गठनको मापदण्डमा रहेर ती सङ्घसंस्थालाई कोभिड– १९ को अनुसन्धान गर्न दिइएको जानकारी दिनुभयो ।

उनले अध्ययन अनुसन्धानले पछि कोभिड– १९ को भ्याक्सिन बनेपछि प्रयोग गर्न सजिलो हुने बताए । परिषद्ले स्वास्थ्य क्षेत्रको अध्ययन अनुसन्धान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा