कपिलवस्तु । सलह किरा कपिलवस्तुमा पनि देखा परेको छ । आइतवार अपराहन्न करोडौंको संख्यामा देखिएको सहल किरा पुर्व लवनी देखी पश्चिम चन्दौटा सम्म देखिएको थियो ।
जिल्लाको लवनी, पकडी, तौलिहवा चन्द्रैटा लगायतका क्षेत्रमा करोडौंको हुल बाधेर भारत वाट सलह नेपाल प्रवेश गरेका छन् । केही बेर सहल किरा रोकीदा लवनी क्षेत्रमा रहेका वनस्पती र धान खाएका थिए । त्यस्तै शुद्धोधन गाउंपालिका वडा नं १ सुर्यवलियामा सलहले १ विघाहा वढि धान वालि नष्ट गरेको र थाल ठटाएर लखेटेको स्थानीय रफिक फकिरले बताए ।
नेपाल प्रवेश गरेका सलह पाल्पा जिल्ला र अर्घाखार्ची जिल्ला तर्फ लागेका छन् । विहान भारतको सिर्दाथनगरको नौगढमा रहेको सलह दिउसो कपिलवस्तु पुगेका थिए । सलह आएपछि किसानहरु चिन्तीत बन्न लागेका छन् ।
धान तथा अन्य वाली सलहले नष्ट गर्ने हुदा खाद्यान्न उत्पादनमा समस्या हुने र उत्पादन नहुंदा निर्वाहा तथा व्यवसायमै समस्या पर्ने शुद्धोधन ५ का वडा सदस्य परशुराम यादवले बताए । कपिलवस्तु रुपन्देही र नवलपरासी हुदै सलह नेपाल भित्रिएपछि प्रदेश नं ५ सरकारले १ किलो सलह मारेर वडा तथा पालिकामा दिएमा २० रुपैया दिने निर्णय गरेको छ ।