Lite Nepal

आइतबार, आषाढ १४, २०७७

पाल्पा । यहाँ देखिएका सलह विस्तारै खेतबारीमा देखिन थालेका छन् । शनिबार दिउँसो दोभान क्षेत्रमा ठूलो मात्रामा सलह देखिएका थिए ।

पाल्पामा सहल देखिए पनि ठूलो नोक्सानी भने भएको छैन । रुखका पातहरु खाएको र अन्नवालीमा भने दिउसोतिर देखिएको छ । जिल्लाका तानसेन नगरपालिका तथा बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका केहीमा भाग शनिबार सलह देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताए । अधिकांश स्थानमा देखिएका सलह शनिबार नै केही गुल्मीतर्फ र केही फर्केर दोभान क्षेत्रमा रात बिताएको देखिएको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख अर्यालले अधिकांश सलह पाल्पा तिनाउँ गाउपालिका २ झयाङ्लाका बस्तीका रुखमा शनिबार रात बिताएको बताए । उनले भने, “शनिबार रात परेकाले रुखमा बसेको देखियो, आज बिहान पनि वर्षा भएकाले सलह सक्रिय हुन सकेन । मौसम सफा भएपछि सलह आकाशमा उडिरहेकाले किसानले आगो बालेर धुवाँमय बनाउँदा अन्नबालीमा सलह बस्न सकेको छैन । कतिपय थाल बजाई अन्नबाली जोगाउन जुटेका छन् ।” स्थानीय स्रोत र साधनको प्रयोग गरी सलह नहटेमा रासायनिक औषधि प्रयोग गर्नुपर्ने प्रमुख अर्यालले बताए ।

तिनाउको झयाङ्ला गाउँ प्रदेश सरकारद्वारा सञ्चालित स्मार्ट कृषि गाउँ हो । यस क्षेत्रमा बाक्लो मात्रामा सलह रहेको छ । स्मार्ट कृषि कार्यक्रम, कार्यान्वयन समितिका अध्यक्ष चोपलाल जिसीले शनिबारदेखि झयाङ्ला क्षेत्रमा बास बसेको सलह आज साँझसम्म आकाशमा उडिरहेको बताए । “वर्षा भएकाले बिहान सलह रुखमा नै देखिएको थियो । वर्षा कम भई मौसम सुधार भएपछि मकैबाली, सिमीमा पनि देखिएको छ”, जिसीले भने, “स्थानीय बासिन्दाले सहल धपाउन कोसिस गरिरहेका छन् । आगो बाल्ने, भाँडा बजाउने कार्य गरे पनि सलह आकाशमा उडिरहेको देखिएको छ ।”

तिनाउ गाउँपालिकाका खुर्सानी, बगाहलगायत माथिल्लो भागमा सलह देखिएको स्थानीय बासिन्दा रुद्र जिसीले बताए । किसानलाई उत्पादित अन्नबाली खाने पिरलो छ । रुखका पात खाइसकेको छ । मकैबाली पाकेकाले स्याहार्ने चटारोमा रहेका किसानलाई धानको बीउ जोगाउन मुश्किल हुने जिसीको भनाइ छ । बगनासकाली गाउँपालिकाको बराङ्दी क्षेत्रमा पनि आज साँझ सलह देखिएको स्थानीय बासिन्दा विष्णु घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा