Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

ओखलढुंगा । सरुवा भएर आउने सुरक्षाकर्मी तथा कर्मचारीमा संक्रमण देखिएको छ। कर्मचारी आवतजावत तथा सरुवा नरोकिँदा संक्रमण समुदायस्तरमा फैलने जोखिम बढेको छ। तराई तथा तीव्र संक्रमण फैलिइरहेका क्षेत्रबाट आउनेमा संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित भएका छन्।

तराईबाट सरुवा भएर ओखलढुंगा र खोटाङ आएका ७ जना प्रहरीमा संक्रमण देखिएको छ। ओखलढुंगामा १ र खोटाङमा ६ जना प्रहरीमा शनिबार संक्रमण पुष्टि भएको हो। विराटनगरबाट खोटाङ आएका ११ प्रहरी जवानमध्ये ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। उनीहरू साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका थिए।

कोरोना संक्रमण भएको मौखिक जानकारीका आधारमा उनीहरूलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका मेडिकल अधिकृत डा. शैलेश श्रेष्ठले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने प्रहरी जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको घोषणा गर्न बाँकी छ।

हाजिर हुन आए लगत्तै जवानहरूलाई जिल्ला प्रहरी कार्यालयको क्वारेन्टाइनमा राखिएको थियो। संक्रमण देखिएका ६ जनासँगै राखिएका अन्य २ जनालाई अझै केही समयका लागि क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायणप्रसाद चिमोरियाले बताए।

उनीहरूको साउन २७ गते स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो। त्यस्तै सप्तरीबाट ओखलढुंगा आएका एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए।

उनका अनुसार सरुवा भएर आएका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको र उनको उपचारको व्यवस्था जिल्लामै गरिएको छ। सरुवा भएर आउने तथा लकडाउन खुलेपछि प्रदेशबाट अनुगमनमा आउने कर्मचारीमा संक्रमण पुष्टि भएपछि कर्मचारी सरुवा, अनुगमन र अन्य आवतजावत पूर्ण रूपमा रोक्न स्थानीयले माग गरेका छन्।

बाहिरबाट आउने कर्मचारीलाई नरोके संक्रमण समुदायमा पुग्ने अवस्था देखिएको स्थानीय अशेष श्रेष्ठ बताउँछन्। हालै कृषि तथा पशुपन्छी मन्त्रालयका कर्मचारी अनुगमनमा आएका थिए। विराटनगर फर्किएपछि उनीहरूमा संक्रमण देखिएको थियो। उनीहरूको कन्ट्र्याक ट्रेसिङलगायतका सुरक्षा सतर्कता नभएको स्थानीयको गुनासो छ।

भेटिरेनरी अस्पतालका कर्मचारी सम्पर्कमा रहेकाले उनीहरूको स्वाब परीक्षणका लागि पठाइएको स्वास्थ्य प्रमुख तिवारीले बताए। तर, रिपोर्ट अहिलेसम्म आएको छैन। ओखलढुंगाका १ सय १० जनाको स्वाब परीक्षण गर्न पठाइएकोमा १ सय ५ जनाको रिपोर्ट आइसकेको छ। तीमध्ये एक प्रहरीमा संक्रमण देखिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा