Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

काठमाडौं । पुश सेवा विभागले कुखुराको मासु र अण्डा खाँदा कोरोना भाइरस नसर्ने प्रष्ट पारेको छ।

विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा कुखुराको मासुमा कोरोना जस्ता समाचारहरु प्रकाशन तथा प्रसारण भएपछि विभागले विज्ञप्ति निकालेर मासु र अण्डा खाँदा फरक नपर्ने प्रष्ट पारेको हो।

विभागका महानिर्देशक डा. बंशी शर्माले मासु र अण्डा नियमित सेवनबाट कोरोना भाइरसविरुद्ध लड्न रोगप्रतिरधि क्षमता अभिवृद्धि हुने र अन्य संक्रमणबाट जोगिनका लागि आवश्यक प्रोटिन र अन्य पोषकतत्वहरु मासु र अण्डाबाट उपलब्ध हुने बताएका छन्।

‘हालसम्म विश्व स्वास्थ्य संगठन, विश्व पशु स्वास्थ्य संगठन लगायत अन्य अनुसन्धान निकायबाट समेत कुनै पनि जनावर वा पन्छीबाट कोरोना भाइरस सर्ने वैज्ञानिक आधार नरहेको उपभोक्तालाई अनुरोध गर्न चाहन्छु,’ उनले विज्ञप्तिमा भनेका छन्।

भ्रामक एवम् कपोकल्पित समाचारहरु प्रकाशित नगर्न नगराउन र आम उपभोक्ता समेत यस्ता तथ्यहीन समाचारबाट भ्रमित नहुन समेत विभागले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा