Lite Nepal

शुक्रबार, भाद्र ०५, २०७७

काठमाडौं । सरकारले अनलाइन शिक्षामार्फत् नै शैक्षिकसत्र अगाडि बढाउने तयारी गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकारले यस विषयमा छिट्टै निर्णय गर्ने जानकारी दिनुभयो ।

अनलाइन शिक्षालाई विश्वले स्वीकारेको र नेपालले पनि खुला विश्वविद्यालय सुरु गरिसकेको अवस्थामा अनलाइनमार्फत् शैक्षिकसत्र सुरु गर्न कुनै समस्या नरहेको प्रवक्ता डा. खतिवडाले बताउनुभयो ।

सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सुरुमा भदौ १५ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने अनुमान गरिएकाले पाठ्यक्रम समायोजनको विषयमा धेरै ध्यान नदिइएको उहाँले स्पष्ट पार्नुभयो ।

सबै ठाउँमा इन्टरनेटको सुविधा पुगिसकेको अवस्था र विद्युतीय सुविधा नभएको स्थान र क्षेत्रका बालबालिकाहरुलाई पनि शिक्षण सिकाइबाट वञ्चित नगर्ने गरी सँगसँगै अन्य वैकल्पिक सिकाइ विधिको व्यवस्था गर्नुपर्ने भएकाले निर्णय गर्न केही ढिलाइ भएको प्रवक्ता खतिवडाले बताउनुभयो ।

अहिले तत्काल विद्यालय सञ्चालनको अवस्था नदेखिएकाले अब विद्यार्थीलाई शिक्षकले भौतिक दुरी कायम राखेरै भएपनि सिकाइ निरन्तरता दिनुपर्छ भन्ने निष्कर्षमा सरकार पुगेकाले यस विषयमा चाँडै निर्णय गरिने प्रवक्ता डा. खतिवडाले स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं