Lite Nepal

आइतबार, भाद्र ०७, २०७७

मायामी, (एजेन्सी)। अमेरिकाको फ्लोरिडा राज्यमा लामखुट्टेको संख्या कम गर्न स्थानीय अधिकारीहरूले आनुवांशिक रूपमा परिवर्तित ७५ करोड लामखुट्टे पर्यावरणमा छोड्ने फैसला गरेका छन्।

यसको उद्देश्य डेंगु र जीका भाइरसजस्ता रोग फैलाउने लामखुट्टेको संख्यामा गिरावट ल्याउनु हो।

उक्त योजनालाई अनुमति दिनुअघि यस मुद्दामा पर्याप्त बहस भइसकेको छ।

किनभने, पर्यावरण संगठनले यसलाई लिएर गलत नतिजा आउने चेतावनी दिएको थियो।

पर्यावरण कार्यकर्ताहरूले पारिस्थिक प्रणालीलाई नोक्सान हुने कुरामा चेतावनी दिएका छन् र मिश्रित कीटनाशक प्रतिरोधी लामखुट्टे उत्पन्न हुने कुराको चिन्ता व्यक्त गरेका छन्।

यद्यपि, यस योजनामा संलग्न कम्पनीले यसमा मानव वा पर्यावरणमाथि कुनै खतरा नभएको बताएका छन्। कम्पनीले सरकार समर्थित शोधलाई उद्धृत गर्दै बताएको हो।

यसमा सन् २०२१ मा फ्लोरिडा द्विपीय रेखामा लागू गर्ने योजना छ। स्थानीय निकायकको अनुमति पाएको कैयौं महिनापछि यसलाई लागू गरिने बताइएको छ।

गत मे महिना बेलायतस्थित कम्पनी अक्सिटेकले अमेरिकी पर्यावरण एजेन्सीबाट आनुवांशिक रूप परिवर्तन गरिएको भाले एडिज इजेप्टाइ लामखुट्टे बनाएको थियो। ती लामखुट्टेलाई अक्स ५०३४ नाम दिइएको छ।

एडिज इजेप्टाइ लामखुट्टे मानवमा डेंगु, जीका, चिकनगुनिया र यलो फिवरजस्ता घातक रोग फैलाउने माध्यमका रूपमा चिनिन्छ। मान्छेलाई टोक्ने भनेको पोथी लामखुट्टेले मात्र हो, किनभने, लामखुट्टेलाई अन्डा दिन रगतको आवश्यक पर्छ।

उक्त योजनाको मुख्य लक्ष्य भाले लामखुट्टेको संख्या वृद्धि गर्नु हो जसले जंगली पोथी लामखुट्टेस“ग मिलेर सम्भवतः नयाँनस्ल उत्पादन गर्नेछ।

यी भाले लामखुट्टेमा एक प्रकारको प्रोटिन हुन्छ जसले पोथी लामखुट्टेलाई टोक्न सक्ने उमेर पुग्नुअगावै मर्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं