Lite Nepal

आइतबार, भाद्र ०७, २०७७

ताप्लेजुङ । ताप्लेजुङ जिल्लास्थित कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिले हालसम्म पौने तीन लाख रुपैयाँ बढी खर्च गरेको जनाएको छ ।

समितिले साउन मसान्त सम्ममा दुई लाख ८२ हजार ९१० रुपियाँ खर्च गरेको छ ।

समितिका सदस्य–सचिव समेत रहेका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणको क्रियाकलापमा खर्च गरेको जानकारी दिए ।

प्रजिअ चापागाईंका अनुसार संक्रमण नियन्त्रणसम्बन्धी क्रियाकलाप अन्तर्गत होल्डिङ सेन्टर तथा आइसोलेसन वार्ड व्यवस्थापन र सञ्चालन साथै एम्बुलेन्स प्रयोग लगायतमा खर्च भएको छ ।

आइसोलेसन तथा होल्डिङ सेन्टरमा राखिएकाहरुको खाद्यान्न खर्चमा ४९ हजार ६२० रुपियाँ, तरकारीजन्य वस्तु खरिदमा ४० हजार २४० रुपियाँ, औषधि खरिदमा छ हजार ५५० रुपियाँ खर्च भएको प्रजिअ चापागाईंले जानकारी दिए ।

यस्तै होल्डिङ सेन्टर व्यवस्थापनकै लागि ग्याँस, लत्ताकपडा, भाँडावर्तन आदिमा ३९ हजार १८२ रुपियाँ र स्वाब ओसारपसार गर्दा एम्बुलेन्स भाडामा ९५ हजार ५०० रुपियाँ खर्च भएको छ । समितिले उक्त खर्च गरेबापत छ हजार ४१८ रुपियाँ राजस्व जम्मा गरेको पनि उनले जानकारी दिए ।

पछिल्लो समय जिल्लास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिले सञ्चालन गर्नेगरी कोष खडा गरी संक्रमण नियन्त्रणको क्रियाकलापमा समितिले खर्च गर्दै आएको छ ।

जिल्लाका नौ वटै स्थानीय तहले सुरुमा दुई लाख रुपियाँका दरले कोषमा रकम जम्मा गर्ने र सो रकम समितिले आवश्यकताअनुसार खर्च गर्ने निर्णय भएको हो ।

कोषमा भने हालसम्म फुङ्लिङ नगरपालिका, आठराई त्रिबेणी गाउँपालिका, सिदिङ्वा गाउँपालिका, मेरिङ्देन गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाले मात्र रकम जम्मा गरेका छन् ।

अब सिरिजङ्घा गाउँपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाले रकम जम्मा गर्न बाँकी रहेको देखिएको छ ।

हालसम्म पाँचवटा स्थानीय तहले कोषमा जम्मा गरेको १० लाख रुपियाँबाट खर्च गरिँदै आएको र कोषको खातामा सात लाख १७ हजार ९० रुपियाँ मौज्दात रहेको समितिले जनाएको छ ।

कोभिड समितिको व्यवस्थापनमा होल्डिङ सेन्टर तथा आइसोलेसन कक्ष सञ्चालन गर्नेगरी जिल्लाको सबै स्थानीय तहले कोषमा रकम जम्मा गर्ने निर्णय भएको हो ।

समितिले विदेशबाट आउने तथा स्वदेशकै विभिन्न ठाउँदेखि जिल्ला भित्रिनेलाई सदरमुकाम फुङ्लिङभित्र रहेको होल्डिङ सेन्टरहरुमा राखेर उनीहरुलाई पीसीआर विधिबाट स्थास्थ्य परीक्षण गरेर मात्र सम्बन्धित ठाउँ वा कार्यालयमा पठाउने गरेको छ ।

पीसीआर रिपोर्ट पोजेटिभ आएमा उनीहरुको उपचार पनि समितिले नै गर्दै आएको र संक्रमितलाई उपचारपछि निको भएर मात्र घर पठाइने गरिएको छ । सजिलो खबर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा