Lite Nepal

सोमबार, भाद्र ०८, २०७७

काठमाडौं । प्रस्तावित कोरोना भाइरसविरुद्धको खोपको ‘क्लिनिक ट्रायल’ नेपालमा गर्ने तयारी अघि बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जुनसुकै मुलुकमा निर्मित खोप परीक्षण गर्न नेपाल खुला रहेको जानकारी दिए।

‘क्लिनिकल ट्रायलमा संलग्न हुनका लागि हामी खुला छौं। जसको भ्याक्सिन पहिला आउँछ त्यसको उपयोग गर्छौं’, प्रवक्ता डा. गौतमले भने।

भ्याक्सिन तयार पार्न विकसित मुलुकबीच प्रतिस्पर्धा भइरहेकाले त्यसको गुणस्तर, प्रभावकारिता र उपलब्धता हेरेर परीक्षण गर्ने ÷नगर्ने निर्णय गरिने उनको भनाइ छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चीन, रुस र यूके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको खोप ट्रायलको प्रक्रिया अघि बढाइएको जनाएको छ।

चीनको एक कम्पनीले कामदारमाथि ट्रायल गर्न अनुरोध गर्दै मन्त्रालयलाई पठाएको छ।

यस सम्बन्धमा अनुसन्धान गरी निर्णय गर्न मन्त्रालयले आइतबार परिषद्लाई जिम्मा दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं