Lite Nepal

बिहिबार, भाद्र ११, २०७७

काठमाडौं । गृहमन्त्रालयको निर्देशनपछि झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको छ ।

जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।

समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुशान्त बराल छन् ।

समितिलाई घटनामा सुरक्षाकर्मीको कमजोरीबारे छानविन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले अनलाइनखबरलाई बताए ।

बुधबार जिल्लाको झापा गाउँपालिका ३ का कामाटोलमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर स्थानीय ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको थियो ।

गोरु कटेको अभियोगमा पक्राउ परेका २ अभियुक्तलाई नेपाल प्रहरीले सदरमुकाम लैजाने क्रममा विवाद भएको थियो ।

त्यसक्रममा स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीको दाबी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा