गोंगबु हत्या आरोपी कमला कलाकार रहेको खुलासा

प्रहरीले सार्वजनिक गरेको अनुसन्धानबाट खुलेका तथ्य

Lite Nepal

मंगलबार, साउन २७, २०७७

काठमाडौं । गोंगबु हत्याको आरोपी कमला मुडभरी (पौडेल) कलाकार पनि रहेको खुलासा भएको छ ।

नेपाल प्रहरीले आज गोंगबु हत्या आरोपी सार्वजनिक गर्दै उनी कलाकार पनि रहेको खुलासा गरेको हो । उनले केहि चलचित्रमा अभिनय गरेको पाइएको प्रहरीले जनाएको छ ।

राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभत्स हत्याकाण्ड आफैले घटाएको प्रारम्भिक बयानका क्रममा बताएकी थिइन ।

कल्पनासँग फेसबुकमार्फत चिनजान गरेका मृतक ८ महिनादेखि होटलमा बस्दै आएका थिए ।

हत्यापछि शव व्यवस्थापन गर्न छोरीको साथ लिएको र हत्यापछि एम्बुलेन्समार्फत चितवन पुगेकी उनलाई पक्राउ गरी प्रहरीले काठमाडौं ल्याएको थियो ।

प्रहरीले सार्वजनिक गरेको अनुसन्धानबाट खुलेका तथ्य

– मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला परेको ।

– तत्काल तालिम प्राप्त जो जो नामको Tracking Dog परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला परेको ।

– मृतक पहिचानका लागि मिति २०७७।०४।२६ गते मृतकको फोटो सामाजिक संजाल तथा मिडिया मार्फत सार्वजनिक गरिएको ।

– मिति २०७७।०४।२६ गते मृतकको मामा नाता पर्ने ब्यक्ति आई मृतकको सनाखत गरेको ।

– मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने यकीन भएको ।

– निज मृतक बिगत ८ महिना देखि उक्त होटलमा बस्दै आएको ।

– मृतक र अभियुक्त बीच करिव ३।४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको ।

– मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको ।

– मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको भन्ने बुझिएको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको ।

– मृतक घटनाको दिन आफु बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको ।

– मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको ।

– शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको ।

– मिति २०७७।०४।२५ गते बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको ।

– अनुसन्धानको क्रममा कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र छोरी शव ब्यबस्थापनमा संलग्न रहेको खुल्न आएकोले पक्राउको लागि प्रहरी परिचालन भएको ।

– निजहरुलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको ।

– हालसम्मको प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको तथा थप अनुसन्धान कार्य भईरहेको ।

घटनास्थलबाट बरामद भएका दशीका सामान

– घटनामा प्रयोग भएको धारिलो हतियार

– हिर्काउन प्रयोग भएको ह्याम्मर

– रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा

– घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल

– सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा

– मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु

– स्लिपीङ ट्यावलेटको खोल

– मोबाईल सेटहरु

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा