Lite Nepal

सोमबार, भाद्र २२, २०७७

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बेलुका ७ बजे सम्म बजार पसल खोल्न अनुमती दिदै निषेधाज्ञा भने साउन २८ सम्म थप गरेको छ ।

कोरोना भाइरस कोभिड १९ संक्रमणमा रोकथामका लागि दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको समय सोमबार सकिनै लाग्दा प्रशासन कार्यालयमा सम्पन्न जिल्ला कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले सुरक्षा मापदण्डसहित अब बजार व्यवसाय बेलुका ७ बजेसम्मका लागि खोल्ने अनुमति दिइएको जानकारी दिए ।

सार्वजनिक सवारीका साधन सञ्चालनमा लगाइएको रोक भने यथावत रहेको प्रजिअ निरौलाको भनाई छ ।

सिटी रिक्सा, जोर विजोर प्रणाली अन्र्तगत बढीमा २ जनासम्म राखेर सञ्चालन गर्न सकिने पुरानो निर्णय भने कायमै रहेको भएको ।

होटल तथा रेष्टुरेन्टका लागि भने भेटघाट गर्न नपाइने तर, होम डेलिभरी तथा ग्राहक समेतले प्याकिंग गरि खाना लैजान सक्ने बताईएको छ ।

सोमबार बसेको बैठकले ब्युटीपार्लर, सैलुन, गुद्री बजार, हटिया, सब्जीमण्डी, जिमखाना, कभर्डहल बन्द गर्ने निर्णय गरेको छ ।

त्यसैगरि, सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पास बाहेक अन्य कुनैपनि जिल्लाको सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाउने प्रजिअ निरौलाले बताए ।

सीमा क्षेत्र एकीकृत भन्सार चौकीबाट निस्किएका मालवहाक सवारी साधन उद्योग परिसरबाहेक सकडमा रोक्न नपाउने निर्णय पनि सोमबारको बैठकमा भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा