Lite Nepal

मंगलबार, भाद्र २३, २०७७

विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको पीसीआर रिपोर्ट पोजिटिभ आएको उल्लेख छ।

कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनले सोमबार बिहान स्वाब परीक्षणका लागि दिएका थिए।

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट मंगलबार पोजिटिभ आएको मन्त्रालय स्रोतले बतायो।

संक्रमण पुष्टि भएपछि कार्की प्रदेश प्रहरी कार्यालयकै क्वाटरको आइसोलेसनमा बसेका छन्।

उनले स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिका–१६ भनेर ठेगाना टिपाएका छन्।

उक्त ठेगाना उनी कार्यरत रहेको विराटनगरको रानीस्थित प्रदेश प्रहरी कार्यालयको हो।

प्रदेश १ मा हालसम्म तीन सय ५५ जना नेपाल प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

संक्रमितमध्ये दुई सय २० जना कोरोना जित्दै डिस्चार्ज भइसकेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं