Lite Nepal

बुधबार, भाद्र २४, २०७७

ओखलढुंगा । ओखलढुंगाका जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार श्रेष्ठसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य संक्रमित मध्येमा नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार सुनुवार पनि छन् ।

उनीहरुलाई केही दिनदेखी ज्वरो आएको र सदरमुकाम ओखलढुंगास्थित कोठामै आराम गरिरहेका थिए ।

त्यस अघि उनीहरु काँग्रेसको क्रियाशिल सदस्यता वितरण अभियानमा गाउँ घुमेका थिए । यद्यपी उनीहरुलाई कसरी संक्रमण भयो भन्ने यकिन भएको छैन ।

सभापति सुनुवारले आफँु संक्रमित भएको र जिल्लाबासीलाई सुरक्षित रहन अपिल गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठ सहित उनको परीवारका ३ जना सदस्यमा समेत कोरोना देखिएको छ ।

उनका परिवार केही पहिले काठमाण्डौबाट जिल्ला आएका थिए ।

संक्रमितहरुलाई रुम्जाटारको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । संक्रमति अन्य १ सर्वसाधारण र ३ प्रहरी रहेका छन् ।

पछिल्लो समय पठाइएको ८१ जनाको स्वाबमध्ये १२ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।

उनका अनुसार ९ जना नयाँ संक्रमित थपिएका छन् भने ३ जना यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका सकृय संक्रमितहरुकै रिपोर्ट पोजेटिभ आएको हो ।

पार्टी प्रवेश गराउने प्रतिस्पर्धाले जिल्लामा कोरोना संक्रमण फैलिएको स्थानीयको आरोप छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं