बिर्तामोड । झापामा थप एक पीसीआर ल्याव सञ्चालनमा ल्याउने तयारी भएको छ ।
झापाको कनकाई नगरपालिका स्थित कोटीहोमा रहेको समपर्ण राष्ट्रिय भवनमा ल्याव राखिने र त्यसको उद्धघाटन मंगलबार गरीने कनकाई नगरपालीकाले जनाएको छ ।
शनिबार कनकाई नगरपालिकामा बसेको पीसीआर ल्याव संचालन सहयोग एवं व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।
जनस्तरबाट रकम संकलन गरी किनिएको सो ल्याव सञ्चालनको लागी छुट्टै कार्यविधी बनाएको र पारित समेत भएको प्रमुख पोखरेलको भनाई छ ।
कार्यविधीले समुदाय र सरकार दुवै पक्षलाई जिम्मेवार बनाएर संचालन कार्यमा लाग्न मार्गनिर्देश गरेको पीसीआर ल्याव संचालन समितिका अध्यक्ष समेत रहेकां नगर प्रमुख पोखरेलले जानकारी दिए ।
नागरिक स्तरबाट स्थापना भएको ल्यावमा एकका लागि एक अभियान, अन्तर्राष्ट्रिय झापाली समाज, सहकारी संजाल र निजी क्षेत्रले बढी योगदान गरेको थियो ।
कनकाई नगरपालिकाको आग्रहमा एकका लागि एक अभियानले कनकाई नगरपालिकामा रहनेगरी मेची प्रादेशिक अस्पताल मार्फत संचालन हुनेगरी केही दिन अघिनै मेची प्रादेशिक अस्पताललाई एक अभियानले ल्याव हस्तान्तरण गरिसकको छ ।
नगरपालिकाले आफूले जिम्मा लिएको काम अन्तरगत कर्मचारी लगायत व्यवस्थापनको तर्फको काम सम्पन्न गरेको छ सो को परिणामा स्वरुप एतीवेला परिक्षणकार्य धमाधम भईरहेको बताईएको छ ।