Lite Nepal

आइतबार, भाद्र २८, २०७७

विराटनगर । प्रदेश लोकसेवा आयोगले आफ्नो पहिलो प्रतिवेदन प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई आइतबार बुझाएको छ ।

वार्षिक रुपमा प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाउनु पर्ने प्रवधान अनुरुप आयोगले २०७६÷०७७ को वार्षिक प्रतिवेदन बुझाएको हो ।

कर्मचारीमार्फत प्रतिवेदन पुस्तिका पठाएर प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले सञ्चार माध्यममार्फत प्रदेश प्रमुखलाई जानकारी गराए ।

प्रथम वार्षिक प्रतिवेदनको परिच्छेद १० मा पृष्ठ ३३ देखि ४१ सम्म ध्यानाकर्षण र सुझावहरु रहेका छन् ।

प्रतिवेदनको अध्ययन तथा मूल्यांकन गर्दा लोकसेवा आयोगलाई काम गर्न सहज नरहेको देखिने प्रदेश प्रमुख ‘प्यासी’ले उल्लेख गरेका छन् ।

प्रतिवेदन अध्ययन गर्दै उनले प्रदेश लोकसेवा आयोगले गराएको ध्यानाकर्षण र सुझावहरुलाई सम्बन्धित निकायले समयमै विचार पु¥याउनु पर्ने सुझाव दिएका छन् ।

प्रदेश लोकसेवा आयोगमा टीकादत्त राई र सजना दाहाल सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा