Lite Nepal

बुधबार, भाद्र ३१, २०७७

विराटनगर । सुनसरीको देवानगंज गाउँपालिका ६ की १३ बर्षीया सुष्मा पासवानको चट्याङले लागेर मृत्यु भएको छ ।

मंगलवार बिहान साँढे ९ बजे आफ्नै खेतमा माछा मार्दे गरेको अवस्थामा बर्षा संगै आएको चट्याङले लागेर घाईते भएकी बालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।

यस्तै उदयपुरको रौतामाई गाउँपालिका ७ की ६० बर्षीया तिलमाया पुलामी मगरको खोलाले बगाएर मृत्यु भएको छ ।

बुधवार राती ७ बजेको समयमा मुर्कुची बजारबाट घर फर्कदै गरेको अवस्थामा बाटोमा रहेको छौडिया खोला तर्ने क्रममा अचानक खोलाले बगाउँदा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा