काठमाडौं । वामदेव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथ ग्रहण गरेका छन् ।
बिहीवार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष समेत रहेका गौतमलाई सदस्यको शपथग्रहण गराएका हुन् ।
शपथ लिएपछि गौतमले आफूले राष्ट्रियसभाको गरिमा बढाउने गरी काम गर्ने प्रतिक्रिया दिए ।
गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गरे ।
गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकले राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक पदमा गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।