Lite Nepal

मंगलबार, आश्विन ०६, २०७७

काठमाडौं । नेकपाको सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ ।

साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको स्रोतले बतायो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।

यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

त्यसअघि आइतबार तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो । सो बैठकमा मन्त्रिपरिषद सदस्यहरु हेरफेर गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजना पनि आजको बैठकको एजेण्डा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं