Lite Nepal

बुधबार, आश्विन ०७, २०७७

विराटनगर । मोरङमा झापाका एक कोरोना संक्रमित वृद्धको बुधबार विहानै मृत्यू भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत झापाको भद्रपुर–१० घर भएका गहतराज थरका ८६ वर्षीय वृद्धको बिहान ५ः५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि वृद्धलाई उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको थियो ।

अस्पतालको आइसोलेसनका प्रमुख डा. पुरु कोइरालाका अनुसार कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो ।

त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनको आइसीयूमा भर्ना गरेर उपचार थालिएपनि वृद्धलाई बचाउन नसकिएको डा. कोइरालाको भनाइ छ ।

उनका अनुसार वृद्धलाई ज्वरो, नियमोनिया र श्वासप्रश्वासमा समस्या थियो। कोरोनासँग लक्षण मिल्ने जटिल खालको निमोनिया देखिएपछि उपचारका क्रममा बचाउन धेरै प्रयास गरिएको उनको भनाइ छ ।

कोइरालाका अनुसार वृद्धमा मृगौला सम्बन्धी समस्या पनि थपिएको थियो। मृतकमा मधुमेहको पुरानै समस्या रहेको उनले बताए ।

शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइसकिएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं