Lite Nepal

शनिबार, कार्तिक १५, २०७७

विराटनगर । प्रदेश १ मा शनिबार २ सय २२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । थपिनेमा मोरङमा १ सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् । मोरङको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनबर्षी, लेटाङ र जहदामा २–२, केराबारी, रंगेली र बेलबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा ७, बराहक्षेत्रमा ३, बर्जु, गढी र दुहवीमा १–१ जना, झापाको दमक र विर्तामोडमा ६–६, कनकाईमा ५, मेचीनगरमा ४, बुद्धशान्ति र भद्रपुरमा २–२, हल्दीबारी र शिवसताक्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

इलामको इलाम, माई र चुलाचुलीमा १–१, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ ।

प्रदेश १ शनिबार ३२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आईसोलेसनबाट १४, विराट मेडिकल कलेजबाट ९, न्युरो अस्पतालबाट ५, मेची अस्पतालबाट ३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ८५० पुगेको छ ।

प्रदेश १ मा शनिबार ८ सय ३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०५ महिला र १ सय १७ पुरुषको रिपोट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५९ हजार ७ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा