Lite Nepal

आइतबार, मंसिर ०७, २०७७

इलाम । आमालाई पेट्रोल छर्किएर जलाएको अभियोग लागेका इलाम माङसेबुङ गाउँपालिका ६ का अम्बिका भनिने पूर्णकुमार राई अझै पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लालध्वज सुवेदीले आरोपितको हातमा ‘गम्भीर चोट रहेकाले चोट निको भए’ पछि नियन्त्रणमा लिइने जानकारी दिए ।

डीएसपी सुवेदीका अनुसार परिवारकै सदस्यले उजुरी दिइसकेका छन् । यसअघि प्रहरीले पीडितको मृत्यु भए पनि परिवारले उजुरी नदिएकाले आरोपितलाई पक्राउ गर्न नकिएको बताएको थियो ।

डीएसपी सुवेदीले त्यस बेला ‘स्थानीयको सहयोगबिना कस स्थापित गर्न नसकिने’ बताएका थिए । तर, आगजनीपछि गाउँले भेला भई उक्त घटनामा आरोपितको संलग्नता पुष्टि हुने गरी तयार पारेको कागज प्राप्त भएको छ ।

अम्बिकाले जेठ १० गते करिब बिहान ६ बजे आमा चन्द्रकुमारी राईलाई पेट्रोल छर्की आगजनी गरी हत्या गर्ने प्रयास भएको भेलाको निर्णयमा उल्लेख छ । भेलाले उक्त घटनालाई ’गम्भीर’ भन्दै कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको जनाइएको छ ।

आगजनीका कारण चन्द्रकुमारी गम्भीर घाइते भएकी थिइन् । उपचार गर्न लगिए पनि अस्पतालले फर्काएपछि जेठ २२ गते घरमै उनको मृत्यु भएको थियो । उक्त घटनामा आरोपित युवा पनि जलेर घाइते भएका थिए । उनलाई पनि केही दिनमै अस्पतालबाट फर्काइएको एक स्थानीयले बताए ।

ती स्थानीयका अनुसार आरोपित व्यक्ति साउनमै निको भएर पनि गाउँमा खुलेआम हिँडडुल गरिरहेका छन् । आजको अन्नपूर्णमा खबर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा