Lite Nepal

शुक्रबार, पुष २४, २०७७

ताप्लेजुङ । नेकपा प्रचण्ड-नेपाल समूह ताप्लेजुङले प्रधानमन्त्री केपी ओलीलाई संविधानको एक प्रति पठाएको छ।

प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईं मार्फत् प्रधानमन्त्री कार्यालयमा पुग्ने गरी पठाइएको हो। संसद विघटनको असंवैधानिक कदम सच्याउनुपर्ने मागसहित संविधान पठाइएको हो।

ओलीले संविधान अध्ययन नगरी संसद् विघटन गरेको भन्दै अध्ययनका लागि संविधानको पुस्तक पठाइएको जिल्ला सदस्य प्रजिन हाङवाङले बताए।

नेकपा अध्यक्षसमेत रहेका ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा १, २, ३, ४, ५, ६ र ७ अध्ययन गर्न प्रचण्ड–नेपाल समुहको आग्रह छ।

वीरेन्द्रचोकस्थित पार्टी कार्यालयमा भेला भएर जिल्ला अध्यक्ष विजय प्रकाश वनेम, सचिव तथा प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ लगायतका नेता कार्यकर्ता प्रशासन कार्यालय पुगेका थिए।

केन्द्रिय संघर्ष समितिको दोस्रो चरणको कार्यक्रम अन्तर्गत विरोध कार्यक्रम गरिएको जिल्ला अध्यक्ष वनेमले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं