Lite Nepal

सोमबार, बैशाख २०, २०७८

नयाँदिल्ली । सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अदर पुनावाला भारतमा आफूमाथि अत्याधिक दबाब आएको भन्दै बेलायत गएका छन् ।

भारतले बेलायतका लागि उडान प्रतिबन्ध जारी गर्नुअघि नै उनी शनिबार नै लण्डन पुगेका हुन् । दि टाइम्ससँगको अन्तरवार्ता पुनावालाले आफूमाथि अत्यधिक दबाब आएको प्रतिक्रिया दिएका छन् ।

भारतमा कोरोना संक्रमणले विकराल रुप लिएसँगै अक्सिजन साथै खोपको पनि अभाव भएको छ । तर, यसका लागि कच्चा पदार्थको अभाव प्रमुख कारण रहेको बताइएको छ ।

पुनावालाले लण्डन पुगेर खोपका लागि आफूमाथि शक्तिशाली मानिसहरूको दबाब आएको प्रतिक्रिया दिएका थिए । तर भारतको संकटपूर्ण अवस्थालाई आफू एक्लैले केही गर्न नसक्ने पनि बताए ।

तर अन्तर्वार्तापछि उनले फेरि आफ्नो ट्वीटरमार्फत् खोप उत्पादनको काम भारतमै अघि बढिरहेको बताए । साथै चाँडै नै भारत फिर्कने पनि उनले बताएका छन् । भारतको पुणेमा रहेको सेरम इन्स्टिच्यूटले कोभिड १९ विरुद्धको खोप कोभिशील्ड उत्पादन गर्दैआएको छ । भारतले उक्त खोपको लाखौँ डोज छिमेकी देशहरु सहित विभिन्न देशलाई समेत वितरण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं