Lite Nepal

मंगलबार, बैशाख २१, २०७८

विराटनगर । उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई ज्यान मार्ने धम्की आएको छ। प्रहरीका अनुसार गत २९ अप्रिलमा आपतकालीन सेवाका लागि बनाइएको ११२ मा म्यासेज गरेर ज्यान मार्ने धम्की दिइएको हो।

उनले पाँच दिनभित्र मुख्यमन्त्रीलाई मारिदिने चेतावनी दिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। उनले प्रहरीलाई चेतावनी दिँदै भनेका छन्( मलाई जे गर्न सक्छौं गर।

यस्तो म्यासेज आएपछि लखनउको सुशान्त गोल्फ सिटी थानामा उजुरी दिइएको छ भने प्रहरीलाई अनुसन्धानमा खटाइएको छ। प्रहरीले उक्त नम्बरलाई ट्रेस गर्ने काम गरिरहेको छ भने अनुसन्धानको लागि टिम गठन गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं