Lite Nepal

मंगलबार, जेठ ०४, २०७८

विराटनगर । भारतमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार तीन सय ४० जनाको मृत्यु भएको हो । भारतमा एकै दिन धेरै सङ्क्रमितको मृत्यु पहिलो हो । यसअघि दैनिक चार हजार हाराहारीमै सङ्क्रमितको मृत्यु भइरहेको थियो ।

भारतमा कोरोना नियन्त्रणमा केही हदसम्म सफलता प्राप्त भइरहे पनि दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या भने बढ्दो क्रममा रहेको हो । भारतमा दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या भने कम हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार ४५ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या विश्वका अन्य मुलुकमा एकै दिन थपिएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।

तर यसअघि दैनिक चार लाख हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेको भारतमा केही दिनदेखि सङ्क्रमण घट्दो क्रममा रहेको हो । भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ५२ लाख २७ हजार नौ सय ७० पुगेको छ ।

दुई करोड १५ लाख ९० हजार तीन जना उपचारपछि निको भएका छन् । ३३ लाख ५९ हजार दुई सय १६ जनाको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं