Lite Nepal

मंगलबार, जेठ २५, २०७८

काठमाडौं । डिशहोमले अब २ सय एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको छ ।

घरायसी प्रयोजनका लागि व्यक्तिगत ग्राहकलाई कम्पनीले २०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको हो ।

यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको डिशहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यले बताएका छन् ।

अब नेपालको हकमा २०० एमबीपीएससम्मको इन्टरनेट प्रदान गर्ने डिशहोम नेपालकै पहिलो इन्टरनेट सेवा प्रदायक बन्नेछ ।

किनभने हालसम्म नेपालमा सबैभन्दा बढी भनेको १२० एमबीपीएसको प्याकेजमात्रै उपलब्ध छ ।

उनका अनुसार अब आउने नयाँ प्याकेजमा १५० देखि २०० सम्मको इन्टरनेट प्याकेज आउनेछ ।

जुन मूल्यका हिसाबले पनि प्रयोगकर्तामैत्री हुनेछ । हालसम्म डिशहोम फाइबर नेटले ३०, ४०, ६० र १०० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं