Lite Nepal

मंगलबार, जेठ २५, २०७८

काठमाडौं । डिशहोमले अब २ सय एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको छ ।

घरायसी प्रयोजनका लागि व्यक्तिगत ग्राहकलाई कम्पनीले २०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको हो ।

यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको डिशहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यले बताएका छन् ।

अब नेपालको हकमा २०० एमबीपीएससम्मको इन्टरनेट प्रदान गर्ने डिशहोम नेपालकै पहिलो इन्टरनेट सेवा प्रदायक बन्नेछ ।

किनभने हालसम्म नेपालमा सबैभन्दा बढी भनेको १२० एमबीपीएसको प्याकेजमात्रै उपलब्ध छ ।

उनका अनुसार अब आउने नयाँ प्याकेजमा १५० देखि २०० सम्मको इन्टरनेट प्याकेज आउनेछ ।

जुन मूल्यका हिसाबले पनि प्रयोगकर्तामैत्री हुनेछ । हालसम्म डिशहोम फाइबर नेटले ३०, ४०, ६० र १०० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा