Lite Nepal

शनिबार, आषाढ ०५, २०७८

बार्सिलोना । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका छन् ।

प्रधानमन्त्री सान्चेजले शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बहुप्रतीक्षित घोषणा गरेका हुन् ।

‘४ करोड ७० लाख स्पेनी देशभक्तहरू माझ एउटा महत्त्वपूर्ण घोषणा गर्न चाहन्छु,’ समाजवादी नेता सान्चेजले भने,’ अर्को बिहीबार हामी एउटा असाधारण मन्त्रिपरिषद्को बैठक आयोजना गर्छौं र बैठकमा जुन २६ देखि घरबाटबाहिर खुल्ला ठाउँमा अनिवार्य मास्क लगाउनु पर्ने नियमलाई हटाउने प्रस्ताव ल्याउँदैछौं ।’

सरकारको यो निर्णयसँगै सामाजिक दूरी कायम गर्न सकिने खुल्ला ठाउँहरुमा पनि मास्क अनिवार्य लगाउनुपर्ने झन्झट आउँदो सातादेखि हट्ने भएको छ ।

तर, सार्वजनिक यातायातका सबै यात्रुहरूको लागि अझै पनि मास्क अनिवार्य गर्नुपर्ने देखिएको छ। यद्यपि नयाँ नियमबारेको विवरण केही दिनभित्र सार्वजनिक हुँदैछ ।

गत वर्ष मे ४ देखि सबैभन्दा पहिले क्याटालोनिया क्षेत्रमा सार्वजनिक यातायातका सबै यात्रुहरूको लागि मास्क अनिवार्य गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं