Lite Nepal

सोमबार, आषाढ ०७, २०७८

काठमाडौं । सुबिसु केबल नेटले ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर नेटवर्क विस्तार गरेको छ ।

नोकियासँगको सहकार्यमा नेटवर्क विस्तार गरेको हो ।

१५०० किलोमिटर पूर्व–पश्चिम फैलिएको सुबिसुको नेटवर्कमा उच्च गति क्षमताको फाइबर सोलुसन विस्तार भएको हो ।

बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय सेवा प्रदान गर्न ब्रोडब्याण्ड सेवामा उल्लेखनीय सहयोग पुग्ने विश्वास गरिएको छ ।

नोकियाको अत्याधुनिक सोलुसनसँगै सुबिसुले प्रदान गर्ने नेट सबै भन्दा उच्च गतिको हुने विश्वास गरिएको छ ।

४०० जीबीपीएस सिंगल फाइबरयुक्त नोकिया १८३० फोटोनिक सर्भिस स्विच (पीएसएस) प्लेटफर्म अफरिङ, फोटोनिक सर्भिस ईन्जिन (पीएसई), दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिंग दैशभर जडान गरिएको छ ।

विश्वमै यस्तो समाधानको यो पहिलो अपरेसन भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं