Lite Nepal

बुधबार, भाद्र ०९, २०७८

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार राजीनामा दिने भएका छन् । उच्च स्रोतका अनुसार त्यसका लागि नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजेलाई बोलाएको छ । उक्त बैठकमा दलको नेताबाट शेरधन राईले राजिनामा दिने तयारी गरेका छन् । सोही बैठकले भीम आचार्यलाई दलको नेता चयन गर्ने जनाइएको छ ।

बैठकको एजेण्डा महत्वपूर्ण भएकोले अनिवार्य उपस्थित हुनुपर्ने निर्देशनसहित बिहीबार ११ बजेका लागि दलको बैठकमा सहभागी हुन बोलाइएको एमालेका एक सांसदले जानकारी दिएका छन् । बिहीबार बस्ने एमाले संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री शेरधन राईले राजिनामा दिने र बिहिबार नै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।

यता भीम आचार्य भने काठमाडौंमा छन् । उनी बिहिबार बिहानको पहिलो उडानबाट विराटनगर ओर्लिने तयारीमा रहेको जनाइएको छ । ९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् । जुन प्रदेशसभाको स्पष्ट बहुमत हो । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा एमालेको केन्द्रीय सदस्य समेत रहेका प्रदेश सांसद राजेन्द्र कुमार राई र राजन राईले बिहिबार सनाखतमै हस्ताक्षर गरिसकेका छन् ।

प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको भनिएपनि अहिले त्यो संख्या घटिसकेको एमाले स्रोतको दाबी छ । संसदीय दलभित्रैबाट बहुमत नजिक पुगेकोले बिहीबार नै दलको बैठक बोलाइएको जनाइएको छ । इकागजबाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा