Lite Nepal

आइतबार, आश्विन ०२, २०७९

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकमार नेपाललाई तीनकुनेको तस्बिर राख्दै कुन मुख देखाएर भोट माग्न जानुहुन्छ भनी प्रश्न गरेका छन् ।

विभिन्न योजना बनाएर पनि वषौंदेखि तीनकुनेको पार्क बन्न नसकेको अवस्थालाई इंगित गर्दै मेयर बालेनले सामाजिक सञ्जालमार्फत तीनकुनेको फोटो राख्दै यस्तो प्रश्न गरेका हुन् ।

उनले राष्ट्रपति भण्डारी र नेपाललाई आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान नगरेको आरोप लगाएका छन् । बालेनले अझै दुई महिना सरकार रहेको र समस्या समाधन हुने आशा व्यक्तसमेत गरेका छन् ।

‘आदरणीय माधव नेपालज्यु तथा सम्माननीट्यठ राष्ट्रपतिज्यु, प्रधानमन्त्री बन्नुभयो राष्ट्रपति बन्नुभयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन’, उनले लेखेका छन्, ‘अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ रु अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।

पार्क बनाउने भनेर तीनकुनेको जग्गा लामो समयदेखि ‘होल्ड’ मा छ । राष्ट्रपति भण्डारी र माधव नेपाल यही क्षेत्रबाट चुनाव लडिसकेकाले बालेनले उनीहरूप्रति लक्षित गरेका हुन् ।
०३१ सालदेखिको विवाद हालसम्म पनि समाधान हुन सकेको छैन । करिब ५४ रोपनी जग्गा अधिग्रहणमा मुआब्जाका विवादका कारण समस्या जस्ताको तस्तै छ । काठमाडौं महानगरपलिकाले पटक(पटक पार्क निर्माणको नक्सा तयार पारे पनि अहिलेसम्म निर्माण कार्य अघि बढाउन सकेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा