Lite Nepal

बिहिबार, आश्विन २७, २०७९

ताप्लेजुङ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएका दुई जनाको फिर्ता भएको छ। प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ र महाधिवेशन प्रतिनिधि टीकाराम गुरुङको उम्मेदवारी फिर्ता भएको हो।

तुम्याहाङले पार्टीकै टिकटबाट र गुरुङले स्वतन्त्र रुपमा दुवै जनाले ताप्लेजुङ निर्वाचन क्षेत्र १ (क) मा उम्मेदवारी दिनुभएको थियो। सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी) का खेमबहादुर वनेमलाई समर्थन जनाउँदै गुरुङ आफैँले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो। सत्ता गठबन्धनको सिट बाँडफाँटअनुसार यस क्षेत्र नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ।

कांग्रेस जिल्ला सभापति तुम्याहाङको भने सो पार्टीको केन्द्रबाट आएको पत्रानुसार उम्मेदवारी फिर्ता भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश निर्मला योङ्याले जानकारी दिनुभयो। मुख्य निर्वाचन अधिकृत योङ्याका अनुसार तुम्याहाङ र गुरुङको उम्मेदवारी फिर्ता भएसँगै जिल्लामा अब २६ जनाको उम्मेदवारी कायम रहेको छ।

एक प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभातर्फ ११ जना र प्रदेशसभाको दुवै क्षेत्रमा गरी १५ जनाको उम्मेदवारी कायम भएको छ। दुई जनाको उम्मेदवारी फिर्ता भएपछि अब प्रदेश क्षेत्र (क) आठ र (ख) मा सात जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ।

यता एकमात्र प्रतिनिधिसभामा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री र नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराईबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। सोहीअनुसार ठूला दल गठबन्धनअन्तर्गत काँग्रेस र माओवादी केन्द्र तथा एमालेले निर्वाचन केन्द्रित गतिविधिलाई तीब्रता दिन थालेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं