Lite Nepal

बुधबार, कार्तिक ०२, २०७९

ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका(४ साँघुमा गएराति ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । स्थानीय याम्फेवा खोला नजिक मध्यरातमा भएको दुर्घटनामा तेल्लाबुङबाट कम्साङतर्फ जाँदै गरेको ट्याक्टर सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा चालक मैवाखोला–५ काम्सङ बस्ने ३१ वर्षका पासाङ शेर्पा, उनको भाई २४ वर्षका फुर्बा शेर्पा, मैवाखोला–४ ओदकका २२ वर्षकी सर्मिला शेर्पा र उनकी बहिनी १७ वर्षकी लाकी शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी कैलाश राईले जानकारी दिए । चालक पासाङ सो ट्याक्टरका माकिलसमेत हुन् । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं