Lite Nepal

शुक्रबार, पौष २२, २०७९

काठमाडाैं – लुम्बिनी बौद्धविश्वविद्यालयका रजिष्टार डा.तिलकराम आचार्य, विश्वविद्यालयका डिन हरीशरण चखु, सिटी क्याम्पस बुटवालका क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपाने विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बुटवलमा उजुरी दर्ता भएको छ ।

पदीय आचारणको दुरुपयोग गरि अनुचित लाभ लिएको तथा अयोग्य व्यक्तिलाई अध्ययपन दिलाएको, कानुन तथा प्रकृया मिचि उपप्रध्यापक पद बाडेको लगायत विभिन्न आरोपमा भ्रष्टचार गरेको अभियोगमा बुटवल सिटी क्याम्पस कानुन संकायमा अध्ययनरत विध्यार्थीहरुले उजुरी दर्ता गराएका हुन ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले पदीय मर्यादाको दुरुपयोग गरि भ्रष्टचार गरि राष्ट्र र विश्वविद्यालयलाई अपुरणिय क्षति पुर्याएको भनी विभिन्न विषयमा उजुरी दर्ता गराएका छन । भ्रष्टचारमा मुचिएका लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारी रजिष्टार, डिन, तथा क्याम्पस प्रमुखबाट प्रमाण लोप हुन सक्ने, न्यायिक प्रकृयामा अवरोध गर्न सक्ने सम्भावना भएको हुदाँ विश्वविद्यालयको कामकाजमा अविलब्ब निजहरुलाई कामकारबाही गर्नबाट रोक लगाई निलम्बनको माग राखी उजुरी दर्ता गराएका छन ।

विगत केही समय देखि निरन्तर राष्ट्रिय तथा स्थानिय संचार माध्यममा लुम्बिनी बौद्ध विश्वविद्यालयमा भइरहेको व्यापक बेथिति तथा विसंगतिपुर्ण अवस्थाको समाचार निरन्तर आइरहेको भएता पनि हाल सम्म सुधार गर्ने कुरामा विश्वविद्यालयले पहल नलिएको कारण विश्वविद्यालयमा अध्ययनरत छात्र तथा छात्राहरुले बाध्य भई अख्तियारमा उजुरी दर्ता गरेको बताएका छन ।

हामीले निरन्तर योग्य, अनुभवि तथा कानुनमा स्नाकोत्तर गरेका जनशक्तिबाट मात्र कानुन संकायमा अध्यायपन हुनुपर्छ, विश्वविद्यालय तथा पदाधिकारी नियम कानुनको परिधि भित्र रही कामकाज गर्नु पर्छ भनी निरन्तर आवाज उठाउदै आएका थियौं । विश्वविद्यालयको प्रतिष्ठा तथा सम्मानमा आँच पुर्याउने केही शिक्षकहरु उपर कारबाहीको माग राखी आन्दोलन समेत गरि आएका थियौं । विद्यार्थीहरुले भनेका छन ।

परिक्षा प्रकाशनमा अनियमितताका आरोपित शिक्षक तथा छात्रा विध्यार्थी उपर दुव्र्यावाहारका आरोपित शिक्षकलाई कारबाही गर्नुको सट्टा उल्टै रजिष्टार आचार्य, डिन चंखु तथा क्याम्पस प्रमुख न्यौपानेबाट संरक्षण तथा पुरस्कृत गरेको आरोप उजुरीकर्ता विध्यार्थीहरुले लगाएका छन । छानबिन समितिले बनाएको प्रतिवेदन समेत सार्वजनिक नगरिएको तथा आफुहरुले उठाएको मागको सम्बन्धमा विश्वविद्यालयले वेवास्था गरेको आरोप उनिहरुले लगाएका छन । सम्झौता गर्दै जाने तर शर्तहरु पालना नगर्ने जस्ता कुराहरु अब आफुहरुलाई स्वीकार्य नभएको कुरा उनिहरुले बताउछन ।

संचारमाध्यममा आएका सुचना तथा विध्यार्थी स्वयम साक्षी भई विश्वविद्यालयको विविध विषय तथा घटना विषयका जानकार र स्वयम पिडित भएको आधार लिई आफुहरुले सप्रमाण लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारी रजिष्टार डा।तिलक राम आचार्य, डिन हरी शरण चखु तथा बुटवल सिटी क्याम्पसका क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपाने विरुद्ध अख्तियारमा मुद्धा दायर गरेका उनिहरुले बताएका छन ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारी उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, भष्ट्रचार विवारण ऐन,२०५९ बमोजिम कारबाहीको माग राखी उजुरी दर्ता भएको छ । कानुन संकायमा अध्ययपनरत केही शिक्षकहरुको शैक्षिक प्रमाणपत्र समेत नभएको, आफुहरुले बारम्बार सुचनाको हक बमोजिम निवेदन दिदा समेत सुचना अधिकारी चुडामणी पोखरेलले वास्तविक सुचना नदिएको सुचना लुकाएको आरोप समेत विद्यार्थीहरुले लगाएका छन ।

उता अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटबलका सुचना अधिकारीले विद्यार्थीले दर्ता गराएको उजुरीमा अहिले अनुसन्धान जारी रहेको बताउनु भएको छ ।

त्यस्तै लुम्बिनी बौद्धविश्वविद्यालयका रजिष्टार डा।तिलकराम आचार्यले भने उजुरी दर्ता भएको आफुलाई थाहा नभएको बताउनु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा।तिलकराम आचार्यलाई तपाईले गैर कानुनी रुपमा १४ जना व्यक्तिहरुलाई उपप्रध्यपक पद बाडेको, पदपुर्ति समितिमा बसेर आफना नातेदारहरुलाई विश्विद्यालयमा जागिर दिलाएको, आफना मान्छेलाई नियम विपरित अत्तिरिक्त भत्ता उपलब्ध गराएको, अयोग्य व्यक्तिहरुलाई शिक्षकको रुपमा नियुक्ति दिएको, छात्रा दुव्र्यावाहार तथा परिक्षामा अनियमितता गर्ने शिक्षकलाई संरक्षण दिएको आरोप सहित विविध विषयमा तपाई विरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ, यस सम्बन्धमा रजिष्टार आचार्यलाई प्रश्न गर्दा हामीले नियम मिचेका छैनौं, कुनै प्रकारको भ्रष्टचार गरेका छैनौ भनी बताएका छन । उजुरी दर्ता भैसकेको छ, अब तपाईँहरु कसरी अघि बढ्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा उहाँले अफुहरुले गल्ती नगरेकोले दरीलो तरिका बाट कानुन बमोजिम अघि बढ्ने बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा