अजवी पौड्याल

आइतबार, माघ १५, २०७९

अजवी पौड्याल

साँखु, शालीनदी – मानिस सानो होस या ठुलो, धनी होस या गरिव सवैको केहि न केहि आस्था र विस्वास भगवानमा हुन्छ । मानिस खुसि हुदा होस या दुखी हुदा पहिले सम्झने भगवानलाई हो । भगवानले दुखबाट पार लगाउछन् भन्ने विस्वास छ । सांसारिक दुख, अभाव र समस्याबाट भगवानले मुक्ति दिलाउछन् भन्ने जनविस्वास छ । यस्तै धर्मका नाममा, भगवानका नाममा संसारभर विभिन्न चाडपर्व र सस्कृति मनाइन्छ । नाम फरक फरक भएपनि सवैका भगवान साझा हुन् । जसको कोही हुन्नन, भगवान छन् भनिन्छ । भगवानको महिमा अपरम्पार छ ।

यस्तै हिन्दु धर्मावलम्वीले श्री स्वस्थानी मातालाई पुज्छन् । विस्वास गर्छन र माघ महिनाभरी पुजा अर्चना गरेर महिमा गाउछन् । श्रीस्वस्थानी माताप्रतिको लगाव, विस्वास र शालीनदीको ऐतिहासिक महत्व विशेष छ, हिन्दु धर्मावलम्वीको लागी । साखुस्थित श्री स्वस्थानी मन्दिर प्राङगणमा कलकल बगेको छ शालीनदि । माघ महिनाभरी जहाँको जल छोएमात्रै पनि पुन्य प्राप्त हुन्छ भन्ने आम विस्वास छ । शालीनदिमा डुवुल्की मार्नकै लागी देशका विभिन्न ठाउ तथा विदेशबाट समेत भक्तजन आउने गर्छन । श्री स्वस्थानी मातालाई शिवशक्ति स्वरुपकी शक्तिमान देवीको रुपमा पुज्ने गरिन्छ । जानी नजानी भएपनि स्वस्थानी माताको पुजा गर्ने धनधान्य हुन्छन् भन्ने विस्वास छ ।

ओम्, श्री स्वस्थानी अम्वे,
तिमि शिव शक्ति स्वरुपा, तिमि नै जगदम्वे ।
जय जय माता स्वस्थानी,
गर्छो भत्ति जानी नजानी ।

आखा चिम्म गरेर श्री स्वस्थानी मन्दिर प्राङगणमा उभिएका केही भक्तजनहरु हात जोडेर ध्यान गरिरहेका छन् । कोही भजन गाउदै नाच्दै छन् । कोही धुनी जगाएर झुमिरहेका छन् । माघ महिना, मुटु कमाउने सिरेटो छ । उस्तै वेतोडले कुदेको चिसो हावा । पानी सहितको हावाको दौडाइमा मिसिएको मधुरो घाम कतिवेला हराउछ, पत्तै हुदैन । यस्तै छ शालीनदि प्राङगणको मौसम ।

शालीनदी परिसर पुग्दा विशेष अनुभुती हुनेगर्छ हर कोहीलाई । टङ टङ बजीरहेका घण्टको आवाज । भजन किर्तनको सुमधुर धुन । ध्यानमा मग्न भक्तजनहरू । चिलिम समाइरहेका बाबाजी । मन्दिर परिसरमा श्रीस्वस्थानी माताको व्रत कथा पढिरहेका पण्डितहरु । पुजा गरिरहेका भक्तजन र भक्तजनको निधारमा टिका टासिरहेका गुरुबाहरू । चराचुरुङीको कलाङमल्याङ आवाज, नदी सुसाएको मिठो धुन । झट्ट हेर्दा र सुन्दा देखीने दृष्य हो यो ।

जाडोको प्रवाह नगरी कुण्डमा नुहाउने भत्तजनको श्रद्धा वेग्लै छ । मन्दिर प्रांगणमा रहेको विशाल शिलामाथी शिर नुहाएर भक्तिभाव गर्ने श्रदालुको विस्वास वेग्लै छ । शिरमा जल अर्पण गरेर हात जोडिरहेका दर्शनार्थीको भरोषा झन प्रिय देखीन्छ । कोही गुरुहरुसंग टिका आशिष ग्रहण गर्दे छन् त कोही मन्दिरमा पुजा अर्चना गरिरहेका छन् । शालीनदि दर्शन गर्न हर कोही पुग्ने गर्छन ।

मन्दिर प्रागंण घुम्दै गर्दा भन्न मन लाग्छ, ‘हरेकको छुट्टै भगवान हुन्छ । भगवानप्रतिको आस्था, विस्वास र महिमा भन्दा ठुलो सन्तुष्टि केही छैन ।’ उहिल्यैदेखी सुनिआएको, हरेक घरघरमा वाचन हुने श्री स्वस्थानी माताको कथा र शालीनदिको शक्तिको अगाडी हर व्यक्ति नतमस्तक देखीन्छन् । आस्था, विस्वास र भरोषाको अगाडी हर चिज फिका लाग्छ ।

रातो सारी चोलीमा देखापरिन् नवविवाहित महिला । हातमा फुलपाती समाएर ध्यान मुद्रामा थिए उनका श्रीमान । दुवै जना संगै उभिए, मन्दिरमा पुजा गरे, फुलपाती चढाए, हात जोडेर निकैवेर माधवनारायण भगवान अगिल्तिर झुकिरहे ।

कोही युवायुवती स्वस्थानी माताको मन्दिरमा लाइनबद्ध थिए त कोहि आमाबुबाहरू भजन किर्तनमा रमाइरहेका थिए । कोहि फोटो खिचिरहेका थिए त । कोही भजन मण्डलीमा बसेर थपडी मारिरहेका थिए । मन्दिर परिसरमा रहेको हवन कुण्डमा बालेको आगो नजिकै बसिरहेका बाबाजीहरू महादेवको प्रसादस्वरुप चिलीममा भरिएको गाजा तान्नमा व्यस्त देखीन्थे । जाडोका प्रवाह नगरि केही गुरुहरु भने स्वस्थानी ब्रत कथा बाचन गरिरहेका थिए । मनमोहक थियो स्वस्थानी मन्दिर परिसर ।

गेटबाट भित्र छिर्दाछिदै कर्णप्रिय भजन सुन्न सकिन्छ । भक्तजन र मन्दिरको सुरक्षाका खातीर नेपाल प्रहरीको टोली २४ सै घण्टा तैनाथ छ । माधवनारायणको मन्दिर निर्माणधिन छ । अन्य केहि संरचना पनि बन्दै छन् । मन्दिर व्यवस्थापन समितिले यो मन्दिरलाई पवित्र तिर्थस्थलको रुपमा विकास गर्ने गरी योजना बनाएर काम गरिरहेको छ । श्री स्वस्थानी ब्रतकथामा भएका मन्दिर आसपास रहेको गोमा ब्राह्मणीको कुटि, नवराजको दरवार, चन्द्रावतीको माइती घर र गाउ सवैको संरक्षणका लागी व्यवस्थापन समिती लागी परेको छ ।

काठमाडांै उपत्यकाको उत्तरपुर्वमा रहेको प्राचिन नगर साँखुस्थित शालीनदी आफैमा ऐतिहासिक, धार्मिक र पौराणीक महत्व रहेको स्थान हो । जहाँ हिन्दु धर्मका तेत्तीसकोटी देवताको बास रहेको छ भन्ने किंवदन्ती छ । प्रत्येक बर्ष पौष शुक्ल पुर्णीमादेखी माघ शुक्ल पुर्णिमासम्म हरेक घर घरमा श्री स्वस्थानी परमेश्वरीको पुजाआजा हुनेगर्छ । यो बत्र लिदा र पुजा गर्दा जिवनभर गरेको पाप नाश हुन्छ, पुन्य मिल्छ भन्ने जनविस्वास छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउनको लागी विष्णु भगवानको सल्लाह अनुसार एक महिनासम्म निराहार ब्रत बसेर श्रीस्वस्थानी माताको पुजा गर्दा मनोकांक्षा पुरा भएको किंवदन्ती छ । मनोकांक्षा पुरा भएपछि पार्वतीले लोककल्याणका लागी ब्रतको प्रचारप्रसार गराई गरिव तथा दुखीको उद्दार गरको उल्लेख छ ।

एकतिस अध्याय रहेको श्री स्वस्थानी ब्रतकथाको ब्राहौ अध्यायमा श्रीस्वस्थानी माताको महिमावारे बर्णन गरिएको छ । ब्रत बसी कथा श्रवण गरेमा रोगब्याधी नाश हुने, दुख हरण हुने र मनले चिताएको पुग्ने बताइन्छ । यसका लागी कथामा गोमा ब्राह्मणी, नवराज, चन्द्रावती, पार्वती, सतीदेवी, लगायतका पात्रहरूको कथा बर्णन गरिएको छ । स्वस्थानी ब्रत अवधीभर पशुपती, गौरीघाट, गणेशमन्दीर, शालीनदी, तथा अन्य सतीदेवीको अंग पतन भएको स्थानमा पुजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विस्वास छ । यसले गर्दा पनि यी स्थानहरूमा भक्तजनको ठुलो घुइचो हुने गर्छ ।

बुटवलका माधव आर्चाय हरेक माघमा शालीनदि दर्शन गर्न काठमाडौ झर्ने गर्छन । यहाँ आएर कामना गरेका हरेक कामहरु सफल भएका छन् उनका । भन्छन्, पहिले आफ्नै लागी केहि बर मागिन्थ्यो । अहिले छोराछोरीको राम्रो होस भन्दै स्वस्थानी माताको दर्शन गर्ने गर्छु । फेरी हरेक दिन स्वस्थानी ब्रत कथा घरमै भएपनि वाचन गरेर सुन्दा निकै रमाइलो लाग्ने गरेको उनले सुनाए ।

मकर स्नान गर्नको लागी जनकपुरकी लालदेवी यादव पनि शालीनदि पुगेकी छन् । मकर स्नान गर्दा रोग लाग्दैन, चिसो काट्छ र दुख पिडा बाट मुक्ति मिल्छ भन्ने विस्वास छ । छोराछोरी काठमाडौमा नै बस्ने भएकाले पनि लालदेवी हरेक बर्षको माघि मनाएपछि काठमाडौ आउने गर्छिन । भन्छिन्, मन्दिर आएर रामै भएको छ ।

मन्दिर परिसरमा रहेको शालनदीलाई थुनेर जलकुण्ड बनाइएको छ । जहाँ भक्तजनहरू नुहाउने गर्छन । नदीमा सावन स्याम्फु प्रयोग गर्न पाइदैन । यसैले होला बगीरहेको नदी सफा र स्वच्छ रहेको देखीन्छ । नदीका छेउमा लस्करै व्यवस्थीत रुपमा धाराहरू निर्माण गरिएको छ । जहाँ तातो पानी आउने गर्छ । गतबर्षको तुलनामा यसबर्ष भक्तजनको घुइचो बढेको छ । स्वस्थानी ब्रत शुरु भएपछि माधवनारायण भगवानलाई प्रदेश यात्रामा लगिन्छ ।

माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदि सुधार समितीका अध्यक्ष बालकृष्ण श्रेष्ठले यसपटक माधवनारायण भगवानको दर्शनका लागी ३० देखी ३५ लाख भक्तालु उपस्थित हुने अनुमान गरिएको छ । उनी भन्छन्, २० लाखले मेला दर्शन गरिसके । आउने क्रम बढ्दो छ । मन्दिर परिसरमा श्रद्धालुको घुइचो छ । साढे ४ करोडको लागतमा माधवनारायण मन्दिरको पुननिर्माण भैरहेको छ । आउने बर्षवाट भक्तजनले नया मन्दिरको संरचना सहित दर्शन गर्न पाउनेछन् ।
श्रेष्ठका अनुसार अहिले माधवनारायण भगवान प्रदेश यात्रामा हुनुहुन्छ । आउने एकादशीमा चागुनाारायणको दर्शन गरेपछि भगवानको प्रदेश यात्रा समाप्त हुन्छ । भगवानको प्रदेश यात्रामा भगवान सहित २१६ जना भत्तालुहरु सहभागी थिए । देवताको मुर्तिलाई वोकेर ब्रतालुहरूले खालीखुट्टा बाजागाजा सहित प्रदेश यात्रामा लैजाने गर्छन । पशुपती गृहेस्वरी, पनौती, फर्पिङको शेषनारायण, चागुनारायण लगायतका स्थानमा भगवानलाइ भ्रमण गराइने श्रेष्ठले बताए । माधवनारायण र श्री स्वस्थानी माताको ब्रत एकै दिन शुरु हुन्छ ।

उनी भन्छन्, स्वस्थानी माताको मन्दिर ३०० बर्ष पुरानो मन्दिर हो भने माधवनारायणको पुजा करिव ७०० बर्षअघिदेखी शुरु भएको मानिन्छ । शालीनदि भने १३ सय बर्षअघिदेखी बगिरहेको किंवदन्ती छ । मन्दिरमा हरेक दिन सुर्यभजन हुन्छ । बाह्रै महिना पुजा हुन्छ । उनका अनुसार माधवनारायण भगवानको पुजा अर्चनाले पुन्य मिल्छ र दुख नाश हुन्छ भनिन्छ । उस्तै अटल महिमा छ स्वस्थानी माताको पनि । शालीनदिको पानी छोयमात्रै पनि जिवनमा गरेको पाप नाश हुन्छ भन्ने विस्वास छ ।

थलीकै अमर सिंह पनि अखण्ड धुनी परिसरमै भेटिए । कामको व्यवस्थाले थकीत भएको समयमा मोक्ष प्राप्त गर्नका लागी उनी हरेक विहान साझ स्वस्थानी माताको मन्दिर परिसर पुग्ने गर्छन । पुजा गर्छन । भजन किर्तनमा सहभागी हुन्छन् । मन फुरुगं हुन्छ । रिफ्रेस भएर घर फर्कन्छन् । शालीनदिमा मेला लागेको वेला कहिलेकाही उनी अखण्ड धुनि तापेरै मन्दिरमै रात विताउछन् ।

समितिका अध्यक्ष श्रेष्ठका अनुसार मन्दिर परिसरमा ढुगा विच्छाउने, पुल बनाउने, माधवनारायणको मन्दिर पुननिर्माण गर्ने, नियमित पुजा व्यवस्थीत गर्ने जस्ता कार्य भैरहेको छ । ३३ कोटी भगवानको बास रहेको यो शालीनदी परिसरमा बासुकी नाग, बद्रिनारायण, सत्यनारायाण, महादेव, गणेश, शिला, १०८ महादेव, स्तम्भमा नारायाणको स्थापना गरिएको छ । करिव ५४ रोपनी जग्गमा फैलीएको यो मन्दिर परिसर लाई अझ विकास गर्ने योजना भएको उनले बताए । माधवनारायाण भगवानको परिसरमा कलात्मक पार्क बनाइ पर्यटन बढाउने उनले बताए । श्रेष्ठ भन्छन्, विश्वभर सुनाइने श्री स्वथानी ब्रतकथाको महिमा, शक्ति प्रत्यक्ष हेर्ने बहुमुल्य अवसर हो मेला दर्शन । सदियौदेखी जनविस्वासमा रहेको माधवनारायाण भगवानलाई प्रत्यक्ष दर्शन गर्नका लागी, यो क्षेत्रलाई धार्मिक पर्यटनका हिसावले अगाडी बढाउन समितिले काम गरिरहेको छ । यो पवित्र भुमिमा दर्शन गरि पुन्य कमाउन उनले सम्पुर्ण भक्तजनलाई आग्रह गरे ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा