Lite Nepal

शनिबार, फाल्गुण २६, २०८०

काठमाडौं – एक एक पाइला नेपालले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञसहितको निःशुक स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । फागुन २९ देखि १ गते सम्म ३ दिन सञ्चालन हुने उक्त शिविरमा सबै प्रकृतिको परीक्षण, उपचार र सेवा दिइने आयोजक संस्थाले जनाएको छ ।

गाउँपालिका र वडा–वडा सँग समन्वय गरेर सञ्चालन गर्न लागिएको उक्त शिविरका लागि यस अघि नै त्यस क्षेत्रमा पुगेका स्वास्थ्यकर्मीले गाउँ–गाउँमा गएर बिरामीको पहिचान गरेको र शिविरमा एक्सरे, ल्याब र सामान्य सल्यक्रियासहितको सेवा दिने एक एक पाइला नेपालमा आवद्ध वरिष्ठ कलेजो रोग विषेशज्ञ प्राध्यापक डाक्टर सुधांशु केसीले जानकारी दिए ।

तापेथोकमा आयोजना हुने शिविरमा २५ सय बढीलाई सेवा दिने लक्ष राखिएको डाक्टर केसीको भनाई छ । उक्त शिविरका लागि ७ लाख बढीको औषधी र उपकरण पठाइसकिएको छ । सो क्षेत्रका बिरामीको सबै समस्यालाई गम्भिर ढंगबाट अध्ययन गरी उपचार गर्ने र जटिल बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा समेत लगेर उपचार गर्ने लक्ष आयोजकले राखेको छ ।

एक एक पाइला नेपालले मुलुकका दुर्गम–दुर्गम ठाउँमा पुगेर स्वास्थ्यको सहज पहुँच नभएका नागरिकको निशुल्क उपचार गर्दै आएको छ । यस अघि पश्चिमका विभिन्न स्थानमा स्वास्थ्य शिविरको आयोजना गरिएको र पूर्वमानै पहिलो पटक ताप्लेजुङमा यो सेवा दिन लागेको बताइएको छ ।

शिविरमा सबै रोगका साथै आँखासहित नाक, कान, घाँटीको पनि परिक्षण र उपचार हुने छ । शिविरका लागि ल्याब, र एक्सरे मेसिन पनि पठाइसकिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा