Lite Nepal

मंगलबार, आषाढ ०४, २०८१

रौतहट । श्रीमतीको हत्या आरोपमा प्रहरीले रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलमलाई पक्राउ गरेको छ ।

उनकी पत्नी ३७ वर्षकी नजाबुन नेसाको ३२ जेठमा हत्या भएको थियो । ‘अनुसन्धानका क्रममा मृतक महिलालाई उनकै श्रीमान मसुद आलमले घाटी थिची मारेको हो भन्ने खुलेको छ’, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले भने, ‘मसुदले श्रीमतीको घाटी थिचेको उनकै छोरीले समेत पुष्टी गरेकी छिन् ।’

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका मसुदले श्रीमतीको हत्या गरेको स्वीकार गरेको उपरीक्षक घिमिरेले बताए । हत्या आरोपमा अनुसन्धानका लागि मसुदलाई हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालयबाट अनुमति लिइने प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं