Lite Nepal

शनिबार, माघ ०५, २०८१

सुनसरी । जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचामा एक वृद्धको मृत्यु भएको छ । शुक्रबार राति छावा सहित बस्ती पसेको माउ हात्तीले आक्रमण गर्दा सुन्दरहरैंचा नगरपालिका–८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मध्यराति हात्ती आएर घरमा उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा आक्रमणमा परी घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि गत पुस १५ गते पनि सुन्दरहरैंचा नगरपालिका-५ स्थित नमुना सामुदायिक वनमा गुरुङ टोल बस्ने ६० वर्षीया चन्द्रकुमारी लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

पछिल्लो समय सुन्दरहरैंचा आसपासको क्षेत्रमा जंगली हात्तीको आतंकबाट स्थानीय त्रसित भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा