Lite Nepal

शनिबार, माघ ०५, २०८१

सुनसरी । जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचामा एक वृद्धको मृत्यु भएको छ । शुक्रबार राति छावा सहित बस्ती पसेको माउ हात्तीले आक्रमण गर्दा सुन्दरहरैंचा नगरपालिका–८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मध्यराति हात्ती आएर घरमा उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा आक्रमणमा परी घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि गत पुस १५ गते पनि सुन्दरहरैंचा नगरपालिका-५ स्थित नमुना सामुदायिक वनमा गुरुङ टोल बस्ने ६० वर्षीया चन्द्रकुमारी लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

पछिल्लो समय सुन्दरहरैंचा आसपासको क्षेत्रमा जंगली हात्तीको आतंकबाट स्थानीय त्रसित भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं