Lite Nepal

सोमबार, माघ ०७, २०८१

चितवन । रातको समयमा प्रहरीले एक सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा प्रहरीको सर्वत्र आलोचना भइरहेको छ ।

उक्त भिडिओ भरतपुरको बाइपास रोड क्षेत्र आसपास खिचिएको पुष्टि भएसँगै चितवन प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा घटनाबारे छानबिन सुरू गरेको छ ।

चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले घटनाको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन अघि बढाइएको र दोषी देखिने प्रहरीलाई कारबाही गरिने बताए ।

अनुसन्धानको जिम्मा डीएसपी ज्ञानकुमार महतोलाई दिइएको छ । महतोले भिडिओमा देखिएको स्थान चितवनकै भएको पुष्टि भएकाले सोही अनुसार अनुसन्धान अघि बढाइएको बताए ।

सार्वजनिक भएको भिडिओमा एक प्रहरीले राति भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको देखिन्छ । सोही स्थानमा प्रहरीले सवारीसाधनको कागजपत्र जाँच गरिरहेको पनि देखिन्छ । सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटकपटक हानेको देखिन्छ । ‘कसलाई फोन गर्छस् गर’ भनिएको आवज समेत भिडिओ सुनिन्छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले समेत भिडिओबारे अनुसन्धान भइरहेको भन्दै दोषी देखिने प्रहरीलाई कारबाही गरिने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं