Lite Nepal

सोमबार, माघ ०७, २०८१

चितवन । रातको समयमा एक सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । प्रहरीले एक व्यक्तिलाई निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि चितवन प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोलाई घटनाको छानबिनको जिम्मेवारी दिएको थियो ।

छानबिनका क्रममा कुटपिट गर्ने प्रहरी भरतपुर महानगरपालिका-११ बाइपास रोड क्षेत्रमा गणेशस्थान प्रहरी बिटका असई बुद्धिबहादुर घर्ती भुजेल रहेको पत्ता लागेको छ । भुजेललाई निलम्बन गर्न बागमती प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरिएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । मिश्रले घटनाबारे थप अनुसन्धान भइरहेकाले निलम्बन पश्चात् अन्य विवरण सार्वजनिक गरिने बताए ।

उक्त घटना गत पुस १५ गते राति सवा १० बजे भएको खुलेको छ । तीन वटा बुलेट मोटरसाइकल र एउटा स्कुटरमा होहोल्ला गर्दै आएपछि प्रहरीले रोकेर जाँच गर्दा अन्य व्यक्ति मोटरसाइकल छोडेर भागेका थिए भने एक व्यक्तिलाई असई भुजेलले कुटेका थिए । मादक पदार्थ सेवन गरेका ती व्यक्तिलाई राति प्रहरी हिरासतमा राखेर अर्को दिन उनी ट्राफिक प्रहरीमा जरिवाना तिरेर छुटेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान गरिरहेका डीएसपी महतोले भिडिओमा देखिएका व्यक्तिलाई पनि घटनाबारे अनुसन्धानका लागि बोलाइसकिएको बताए। कुटपिट गरेको भिडियो एकाएक भाइरल बनेपछि प्रहरीले छानबिन समिति बनाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं