Lite Nepal

सोमबार, माघ ०७, २०८१

काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका–६ मा प्रेमिकाले धोका दिएको आरोप लगाएर एक जना पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् । झापाको दमक नगरपालिका वडा नम्बर–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा गएर उनले आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले रातोपाटीलाई बताए । थापाको विराट टिचिङ अस्पतालमा उपचार हुँदैछ ।

अन्नपूर्ण खाजा घर झापाको दमक नगरपालिका–३ घर भएकी २८ वर्षीय इन्द्र लिम्बुले सञ्चालन गरेकी हुन् । इन्द्रले आफूलाई धोक दिएको विनोदको आरोप छ । उनीहरू दुवैजना विवाहित हुन् । प्रहरीले इन्द्रलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं